कसैले तिमीलाई दुखी बनाउँछ भने उसको वास्ता नै नगर – रुमी « Khabarhub

कसैले तिमीलाई दुखी बनाउँछ भने उसको वास्ता नै नगर – रुमी


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

१३ औं शताब्दीका कवि मौलाना जलालुद्दीन रुमी । उनको नाम अहिलेसम्म पनि प्रख्यात नै छ ।

रुमीले सिर्जना गरेका कविताहरु अहिले पनि संसारभरका विभिन्न भाषाहरुमा अनुवादित छन् । यहाँ हामीले तीनै दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा चिरपरिचित रुमीका केही भनाइहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंको जीवन उपयोगी बन्न सक्छ ।

– अब तिम्रो विगत भनेको कथा जस्तै बनिसक्यो । आज नयाँ बिऊहरु धमाधम उम्रिदैछन् ।

– कुनै पनि कुरा आफूबाट गुम्यो भनेर कहिल्यै पनि दुखी नबन, किनकी जे कुरा गुम्यो त्यो कुनै न कुनै रुपमा तिम्रो जीवनमा फेरी फर्केर आउने पक्का छ ।

– सँधै ख्याल गर की तिमी गतिलो पखेटा लिएर जन्मिएका छौ । तर, तिमीले त्यो पखेटालाई प्रयोग गर्न भने सक्नुपर्छ ।

– एउटा कुरा विचार गर की तिमी समुद्रको कुनै एउटा थोपा कदापी होइनौ । तिमी त थोपा भित्रको एउटा समुद्र नै हौ ।

– कुनैपनि कुरा टल्काउनका लागि घोट्नै पर्छ ।

– तिम्रो काम माया खोज्नु कदापी होइन, तिमीभित्रको अवरोधलाई खोज्नु हो, जुन अवरोधले तिम्रो जीवनमा मायाको आभास हुन दिरहेका छैन ।

– कसैले तिमीलाई डर देखाउने या दुखी बनाउने गर्छ भने उसको वास्ता नगर ।

– कुनैपनि फूलहरु फुल्ने पानीको कारण हो, मेघ गर्जनको कारण होइन । त्यसैले तिमी ठूलो आवाजमार्फत होइन, शब्दहरु मार्फत बोल्ने गर ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ६ : २२ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा