रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि गृहजिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएका छन् ।
पुनले मंगलबार सदरमुकाम लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । पुनको प्रस्तावकमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महरा र समर्थकमा राष्ट्रियसभा सदस्य झक्कु सुवेदी छन् ।
उम्मेदवारी दर्ता गर्ने क्रममा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, नेताहरू महरा र सुवेदीसहित लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन सिजललगायत सहभागी थिए ।
पूर्वअर्थमन्त्री पुन तेस्रोपटक रोल्पाबाट उम्मेदवार बनेका हुन् । यसअघि उनी ०७४ र ०७९ को निर्वाचनमा नेकपाको आधार क्षेत्र मानिने रोल्पाबाट विजयी भएका थिए ।













प्रतिक्रिया