सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी « Khabarhub

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिनु भएको छ । उनले  मानव अधिकारको ‘विश्वास निर्माण गर्न र युद्धको अन्त्य गर्न, दिगो शान्ति निर्माणको सुरु गर्न’ केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् । 

सुडानको पाँच दिने भ्रमण पछि केन्याको राजधानीमा पत्रकारहरूसँगको साक्षातकारमा तुर्काले महत्वपूर्ण नागरिक पूर्वाधारमा आक्रमण भइ गम्भीर क्षति भएको बताएको उल्लेख गर्दै उस्तो चेतावनी दिएका छन् ।  

राष्ट्रव्यापी रुपमा बिजुलीको ७०५ आपूर्ति गर्ने हाइड्रोइलेक्ट्रिक पावर स्टेशन र एउटा प्रमुख मेरोवे बाँधमा द्रुत समर्थन बल (आरएसएफ) द्वारा प्रक्षेपण गरिएको ड्रोनले प्रहार गरेर क्षेतिग्रस्त बनाएको जनाएको छ । 

निरन्तरका आक्रमणहरूले अस्पतालहरूमा आवश्यक बिजुली प्रवाहमा बाधा पुर्‍याएको छ भने बालीका लागि सिँचाइमा बाधा पुर्‍याएको छ ।

 नागरिकहरूलाई  सफा पानीको पहुँचमा वञ्चित गरी रोग फैलाउन सजिलो बनाएको जनाइएको छ । यस्ता महत्वपूर्ण नागरिक पूर्वाधारमा भएका आक्रमणहरू गम्भीर उल्लङ्घन भएको भन्दै उहाँले जसलाई युद्ध अपराध मान्न सकिने बताएका छन् ।  

 सन् २०२३ अप्रिल– १५ मा सुडानी सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच लडाइँ सुरु भए पछिको द्वन्द्वले हजारौँ नागरिकहरूको ज्यान लिएको छ भने लाखौँलाई हिंसाका कारण आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ ।  

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : ३४ बजे

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष