‘निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ’ « Khabarhub

‘निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ’


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको पुनः दोहोर्याएको छ । 

सुरक्षा मामिलाका पत्रकारसँग गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेशगत रुपमा सुरक्षा गोष्ठी गरेर एकीकृत सुरक्षा योजना कार्यान्वयन भएको जानकारी दिए । उनले भयरहित वातावरणमा निर्वाचन गराउन शान्तिसुरक्षाको सुदृढ व्यवस्था गरिने बताए। 

विगतको तुलनामा हाल शान्तिसुरक्षाको स्थिति सुदृढ हुँदै गएको बताउँदै गृहमन्त्रीले शान्तिपूर्ण रुपमा निर्वाचन सफल पार्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे। उनले उच्च मनोबलका साथ  सुरक्षा निकाय कार्यक्षेत्रमा परिचालन भएका बताए। 

सूचना प्रविधिको दुरुपयोग नियन्त्रण गर्न गृह प्रशासनको नेतृत्वमा टेलिकम, साइबर ब्यूरो र सरोकार भएका निकायको सहभागितामा आवश्यकता व्यवस्था गरिएको जानकारी उनले दिए। 

गृह सचिव राजकुमार श्रेष्ठले एकीकृत सुरक्षा योजना पूर्ण कार्यान्वयनका साथ निर्वाचनका निम्ति शान्तिसुरक्षा प्रभावकारी बनाइएको बताए। 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ३ : २३ बजे

एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ

महोत्तरी– चालु आर्थिक वर्ष २०८२/८३ को याममा महोत्तरीको गौशाला नगरपालिका-१

५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब ५९ करोड बढीको कारोबार

काठमाडौं– साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा

मौसम पूर्वानुमानमा नयाँ उपलब्धि : चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

बेइजिङ- चीन मौसम विज्ञान प्रशासनले शनिबार ‘फेंग्युन–४सी’ उपग्रहबाट प्राप्त पहिलो

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगञ्ज- दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड बराबरको

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल) को