आगलागीका कारण उत्तरी क्यालिफोर्नियाबाट ५० हजार विस्थापित | Khabarhub Khabarhub

आगलागीका कारण उत्तरी क्यालिफोर्नियाबाट ५० हजार विस्थापित


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको दक्षिणी क्यालिफोर्नियाबाट झण्डै ५० हजार जना स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका बासिन्दालाई अन्यत्र सारिएको हो ।

क्यालिफोर्नियाको जङ्गल तथा अग्नि नियन्त्रण विभागका अधिकारीले आगो अत्यन्त चाँडो फैलिएको जानकारी दिएका छन् ।

आगोले अहिलेसम्म ४९ वटा संरचना ध्वस्त पारिसकेको र अरु हजारौँ घरमा क्षति पुर्‍याउने देखिएको विभागका अधिकारीको भनाइ छ ।

अग्नि नियन्त्रकले क्यालिफोर्नियाका जङ्गलमा सल्किएको आगो नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा दशौँ लाख मानिस बिजुली आपूर्तिबाट वञ्चित हुन सक्ने चेतावनी पनि दिएका छन् ।

ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा बन्द गरिने भएको हो ।

उत्तरी क्यालिफोर्नियामा बुधबार शुरु भएको डढेलो नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि फैलिन थालेको थियो ।

आगो निभाउन १३ सय भन्दाबढी अग्नि नियन्त्रक र विमानसमेत परिचालन गरिएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ८ : ३२ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन