श्रद्धान्जली दिँदै डा. भट्टराईले भने – देशले होनाहार नेता गुमाएको छ « Khabarhub

श्रद्धान्जली दिँदै डा. भट्टराईले भने – देशले होनाहार नेता गुमाएको छ


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पूर्व प्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले रवीन्द्र अधिकारीको निधले देशले ठूला होनाहार नेता गुमाएको जनाएका छन् ।

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुलाई श्रद्धान्जली दिन टुँडिखेल पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले दुर्घटनाले आफूलाई मर्माहत बनाएको जनाएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाहरु सबैप्रति श्रद्धान्जली व्यक्त गरे ।

‘बेलाबेलामा हामीले देशका होनाहार नेता गुमाइरहनु परेको छ’ भट्टराईले भने,‘यो क्षेत्रमा सुधार गर्न अत्यन्तै आवश्यक छ । हाम्रो जस्तो पहाडी क्षेत्रमा हवाइ यातायातको निर्णायक भूमिका हुन्छ त्यसलाई हामीले अन्त्य गर्न सक्दैनौ त्यसो भएकाले पनि पछिल्लो प्रविधिमा आधारित रहेर पनि सुरक्षालाई अलि चुस्त बनाउनुपर्छ ।’

हवाइ यात्राका क्रममा हेलचक्राइ हुने गरेको भन्दै भट्टराईले हवाई सुरक्षामा ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ९ : ५८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार