काठमाडौं – झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका सरिता प्रसाईँ र शिला चापागाईंले आपसमा प्रतिस्पर्धा भए पनि हार्दिकता देखाएका छन्। उम्मेदवारी मनोनयन दर्ता गरेपछि दुवै नेतृहरूले अङ्कमाल गरी एकअर्काप्रति माया र सम्मान व्यक्त गरेका छन्।
नेपाली कांग्रेसले प्रसाईंलाई उम्मेदवार बनाएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शिला चापागाईंलाई टिकट दिएको छ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख इन्दिरा राना मगर, नेकपा एमालेबाट पूर्व सभामुख देवराज घिमिरे पनि यस क्षेत्रबाट उम्मेदवारी दिइरहेका छन्।
समग्रमा झापा–२ बाट दिउँसोसम्म ५ महिलासहित १३ जनाले मनोनयन दर्ता गरिसकेका छन्, जसमा दलीय र स्वतन्त्र उम्मेदवारहरू दुवै छन्।













प्रतिक्रिया