काठमाडौं– नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा बाबुराम आचार्य बागी उम्मेदवार बनेका छन् ।
काठमाडौं–१ बाट उम्मेदवारका रूपमा सिफारिस भएका आचार्यले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसले उक्त क्षेत्रमा प्रबल थापालाई उम्मेदवार बनाएको छ । काठमाडौँ–१ बाट बाबुराम आचार्य र प्रकाशमान सिंहसहितका नेता उम्मेदवारका रूपमा सिफारिस भएका थिए ।
तर सिफारिस सूचीमै नपरेका प्रबल थापालाई उम्मेदवार बनाइएपछि आचार्य असन्तुष्ट बनेका हुन् । यही असन्तुष्टिका कारण उनले कांग्रेसको आधिकारिक टिकटविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।
आचार्य हालसालै त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा तथा आम सञ्चारमा स्नातकोत्तर गरेका छन् ।













प्रतिक्रिया