एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन « Khabarhub

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता गराएकी छिन् । ओखलढुंगाबाट प्रतिनिधिसभाको चुनाव लड्न उनले झाँकीसहित उम्मेदवारी दर्ता गराएकी हुन् ।

मनोनयन दर्ताअघि जिल्ला सदरमुकाममा एमालेले झाँकीसहित वृहत जुलुस निकालेर निर्वाचन कार्यालयतर्फ गएको थियो । युवा उम्मेदवारीले पार्टी र मतदातामा उत्साह छाएको जिल्लाका एमाले कार्यकर्ताले बताएका छन् ।

अनेरास्ववियुबाट राजनीति थालेकी उनी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष थिइन् ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यज्ञराज सुनुवारको ठाउँमा थापालाई टिकट दिएका थिए । सुनुवार अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका रामहरि खतिवडासँग पराजित भएका थिए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ५ : ४९ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको