स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते « Khabarhub

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा वालिङ नगरपालिका–७ का ६५ वर्षीय डोलाज कोइराला र कैलाली टिकापुर नगरपालिका–७ का ३५ वर्षीय राजकुमार चौधरी रहेका छन्।  

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार करिब २ बजे वालिङबाट डुंगाल लिई चापाकोटतर्फ जाँदै गरेको लु ३ त ५७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब १० मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनामा घाइते हुनेमा ट्याक्टर चालक नवलपरासी सुस्ता गाउँपालिका–१ का २८ वर्षीय लाल बहादुर सुनार, कैलाली लम्कीचुहा नगरपालिका–५ का २२ वर्षीय श्याम चौधरी, ३१ वर्षीय लक्ष्मण चौधरी र डडेलधुरा अमरगढी नगरपालिका–५ का ३५ वर्षीय हुकुम बहादुर दलामी रहेका छन्। सबैको अवस्था सामान्य रहेको र थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ६ : ०५ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको