लेनिन बिष्टको प्रश्न- सहकारी पीडितले न्याय किन पाएनन् ? « Khabarhub

लेनिन बिष्टको प्रश्न- सहकारी पीडितले न्याय किन पाएनन् ?


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं- काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका लेनिन बिष्टले द्वन्द्वकालका पीडितले न्याय नपाएकोदेखि सहकारी पीडितले न्याय नपाएको भन्दै प्रश्न गरेका छन् । 

उनले जेन-जी आन्दोलनको हाइज्याक भएको र विचौलियाहरू सत्तामा पुगेको भन्दै लुटेरा सम्मानित भएको र इमान्दारहरू शंकाको घेरामा परेको भन्दै प्रश्न गरेका छन् ।

 ‘किन द्वन्द्वकालका पीडितहरू अझै अपमानित छन् ? किन आज पनि पीडितलाई पीडित भन्न डराइन्छ ? किन जेनजीका जायज मागहरू अझै सम्बोधन भएनन् ? किन युवालाई रोजगारी होइन, विदेश जाने बाध्यता दिइन्छ ? किन युवाको पसिना अरू देशको अर्थतन्त्रमा बग्छ ? किन सहकारी पीडितहररूले अहिले सम्म न्याय पाएनन ?’, बिष्टले भनेका छन् । साथै, बिष्टले यो व्यवस्था ठिक नभएको तर, प्रश्न गर्दा देशद्रोही बनाउने अवस्था रहेको भन्दै टिप्पणी पनि गरेका छन् । नेपाली भोट बैंक नभएको नागरिक भएको भन्दै अहिलेको चुनाव मानसिकता बदल्ने लडाइँ भएको बताएका छन् ।

आदरणीय सम्मुर्ण आमाबुबा, दाजुभाइ , दिदिबहिनीहरुमा नमस्कार! आसन्न फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रेपलान्चोक 2 बाट स्वतन्त्र मनोनयन दर्ता गराएको छु ।

काभ्रेलि जनता, देशका श्रमिक वर्ग, युवा शक्ति, Gen-Z पुस्ता, र यो व्यवस्थाबाट पीडित सम्पूर्ण नागरिकहरूलाई म स्पष्ट रूपमा भन्न चाहन्छु—म आज यहाँ भोट माग्न आएको छैन। म सत्ता, पद वा सुविधा खोज्दै आएको होइन। म आज यहाँ प्रश्न लिएर आएको छु। यस्ता प्रश्न, जसको जवाफ यो राज्यसँग छैन, यस्ता प्रश्न जसबाट शासकहरू भाग्न खोज्छन्, र यस्ता प्रश्न जसलाई दबाउन सधैं दमनको सहारा लिइन्छ। म १२ वर्षको उमेरमा बच्चा थिएँ। त्यो उमेर खेल्ने, सिक्ने र सपना देख्ने उमेर थियो। तर राज्यले मलाई बच्चा मानेन। राज्यले मलाई पीडाको तथ्यांक बनायो।

आज म ठूलो भएको छु, नागरिक भएको छु, तर राज्य अझै जिम्मेवार भएको छैन। आज पनि राज्यले आफ्नो विगत स्वीकार्न सकेको छैन, आफ्नो अपराधसँग आँखा जुधाउन सकेको छैन। यो देशमा भनिन्छ—युद्ध सकियो। तर पीडितका लागि युद्ध कहिल्यै सकिएन। न्याय नपाएका परिवारका लागि शान्ति केवल कागजमा सीमित भयो। बेपत्ता, हत्या, यातना र अपमान भोगेकाहरू आज पनि न्यायको प्रतीक्षामा छन्। दोषीहरू सुरक्षित छन्, र पीडितहरूलाई अझै पनि चुप बस्न भनिन्छ। म सिधै भन्छु—यो राजनीति होइन, यो विश्वासघात हो। यो जनतामाथि गरिएको भ्रष्ट, योजनाबद्ध र संगठित राजनीतिक धोका हो।

आजका शासकहरू भन्छन् “सबै ठीक छ”, तर वास्तविकता के छ भने युवा बेरोजगार छन्, योग्य युवाहरू अवसरविहीन छन्, Gen-Z पुस्ता सपना बोकेर होइन, आक्रोश बोकेर सडकमा उभिएको छ। पीडितहरू अपमानित छन् र भ्रष्टाचार सुरक्षित छ। त्यसैले म भन्छु—यो व्यवस्था ठीक छैन। यहाँ युवाले प्रश्न सोध्दा देशद्रोही बनाइन्छ। यहाँ पीडितले अधिकार माग्दा अशान्ति फैलाउनेको आरोप लगाइन्छ। यहाँ सत्य बोल्नु अपराध बनाइएको छ। तर हामी चुप लागेका छैनौं, र अब झन् चुप लाग्दैनौं। यो चुनाव हाम्रो लागि साधारण चुनाव होइन। यो उम्मेदवारी कुनै पार्टीको शक्ति प्रदर्शन होइन। यो पुरानो राजनीतिमाथिको अभियोगपत्र हो। यो जनताले सोधेको प्रश्न हो, जुन मतपत्रमार्फत राज्यसम्म पुर्‍याइँदैछ।

म सत्ता माग्दिन, म जवाफ माग्छु। किन द्वन्द्वकालका पीडितहरु अझै अपमानित छन् ? किन आज पनि पीडितलाई पीडित भन्न डराइन्छ? किन Gen-Z का जायज मागहरू अझै सम्बोधन भएनन्? किन युवालाई रोजगारी होइन, विदेश जाने बाध्यता दिइन्छ? किन युवाको पसिना अरू देशको अर्थतन्त्रमा बग्छ? किन सहकारी पिडितहरुले अहिले सम्म न्याय पाएनन ? किन भ्रष्टाचार सजाय होइन, संस्कार बन्यो? Gen-Z आन्दोलनको नाममा कसरी सरकार हाइज्याक गरियो ? कसरी बिचौलियाहरू जनताको आन्दोलन चढेर सत्ताको केन्द्रमा पुगे? किन लुटेराहरू सम्मानित छन् र इमानदारहरू शंकाको घेरामा छन्? किन सत्य बोल्नेहरू निगरानीमा छन्? म तपाईंहरूलाई झुटो आश्वासन दिन्न। म मन्त्रीको सपना देखाएर मत माग्दिन।

म स्पष्ट भन्छु—यदि म जितेँ भने, तपाईंहरूको न्यायको आवाजले यो संसद शान्त रहँदैन। र यदि म हारेँ भने, यो सडक झन् बलियो रूपमा न्यायको आवाजले गुञ्जिनेछ। किनभने इतिहासले प्रमाणित गरिसकेको छ-परिवर्तन संसदबाट होइन, साहसबाट सुरु हुन्छ। हामी भोट बैंक होइनौं। हामी मौन नागरिक होइनौं। हामी डराएर बाँच्ने पुस्ता होइनौं।

यो लडाइँ सत्ता पल्टाउने मात्र होइन, यो मानसिकता बदल्ने लडाइँ हो। यो डर, दमन र झुटमाथि उठ्ने लडाइँ हो। अब होइन भने कहिले? हामी होइन भने को? परिवर्तन हाम्रो पुस्ताको निर्णय हो। यो Gen-Z पुस्ताको निर्णय हो। आज म काभ्रे–२ को उम्मेदवार मात्र होइन, म यो व्यवस्थाका लागि असहज प्रश्न हुँ, र प्रश्नहरू सधैं सत्तालाई डर लाग्छ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ५ : ०३ बजे

तीन दिनपछि नारायणघाट–बुटवल सडकको दाउन्‍ने खण्ड एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन