करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ « Khabarhub

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १ सय २१ किलोग्रामसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ रूप्से बस्ने २९ वर्षीय घनश्याम बल तामाङ र कैलाश गाउँपालिका-५ बस्ने २१ वर्षीय सानुकान्छा थिङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय पालुङ र इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ह १५०७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा १२ वटा रबरको डिब्बा भित्र लुकाई छिपाई ल्याएको उक्त पदार्थ फेला पारी अटो चालक घनश्याम र अटोमा सवार सानुकान्छालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ६ : ४५ बजे

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई