माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा « Khabarhub

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित काभे्रपलाञ्चोकको सांस्कृतिक सहर पनौतीको तीर्थयात्राका लागि साँखुबाट हिँडेका छन् ।

प्रत्येक वर्ष माघशुक्ल तृतीयाका दिन माधवनारायण व्रत बसेका व्रतालु साँखुस्थित शालीनदीबाट पनौती जाने परम्परा छ ।

तृतीयाको बेलुकी पनौती पुगेका व्रतालुले माघशुक्ल चतुर्थीको बिहान त्रिवेणी घाटमा स्नान गरी व्रत पूजा गर्ने विधि छ । स्नान र पूजा सकिएपछि माधवनारायण भगवानलाई लिएर सांस्कृतिक सहर पनौती परिक्रमा गरी चतुर्थीको दिउँसोको भोजन बनेपाको भोखुसीमा गरिन्छ ।

यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शालीनदीबाट पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका व्रतालुले तीर्थयात्रा गरिसकेका छन् ।

पहिलो तीर्थयात्रा दुई रात र तीन दिनको हुने गर्छ । दोस्रो तीर्थयात्रा भने दुई दिन र एक रातको हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ८ : ४६ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक