एक सय २१ किलो चरेससहित दुईजना पक्राउ « Khabarhub

एक सय २१ किलो चरेससहित दुईजना पक्राउ


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै गरेको वा प्र ०३००१ ह १५०७ नं अटोबाट १२१ किलो ४६६ मिलिग्राम चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा मकवानपुरको कैलाश गाउँपालिका–५ बस्ने वर्ष २१ का सानु कान्छा थिङ र अटो चालक थाहानगरपालिका–४ बस्ने वर्ष २९ को घनश्याम वल लामालाई प्रहरीको विशेष टोलीले अटोसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।

प्रहरी प्रवक्ता बोगटीका अनुसार पालुङ र चित्लाङबाट खटिएको संयुक्त टोलीले अटोभित्र रहेको १२ वटा रबरको डिब्बाभित्र लुकाई ल्याएको चरेस फेला पारेको हो ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ८ : ५७ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन