पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु « Khabarhub

पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।

राज्यको प्रहरीले विज्ञप्ति जारी गर्दै आपतकालीन सेवाहरूको सहयोगमा सिडनीको ४५० किलोमिटर पश्चिमको सानो शहर कार्गेलिगो तालमा गोली हानाहान भएको हो । घटनास्थलमा सुरक्षा तैनाथ गरिएको जनाएको छ ।

गोली हानाहानमा दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । एक जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको समेत प्रहरीले जनाएको छ ।

प्रहरीले सर्वसाधारणलाई यस क्षेत्रबाट टाढा रहन र स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ । बन्दुकधारी “संदिग्ध घरेलु हिंसा आक्रमण“ पछि हतियार लिएर सहरमा छिरेको विश्वास गरिएको सिडनी मर्निङ हेराल्ड अखबारले जनाएको छ । प्रहरीले बन्दुकधारीलाई पत्ता लगाउन खोजी गरिरहेको अखबारले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ४ : ०३ बजे

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत