सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।
राज्यको प्रहरीले विज्ञप्ति जारी गर्दै आपतकालीन सेवाहरूको सहयोगमा सिडनीको ४५० किलोमिटर पश्चिमको सानो शहर कार्गेलिगो तालमा गोली हानाहान भएको हो । घटनास्थलमा सुरक्षा तैनाथ गरिएको जनाएको छ ।
गोली हानाहानमा दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । एक जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको समेत प्रहरीले जनाएको छ ।
प्रहरीले सर्वसाधारणलाई यस क्षेत्रबाट टाढा रहन र स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ । बन्दुकधारी “संदिग्ध घरेलु हिंसा आक्रमण“ पछि हतियार लिएर सहरमा छिरेको विश्वास गरिएको सिडनी मर्निङ हेराल्ड अखबारले जनाएको छ । प्रहरीले बन्दुकधारीलाई पत्ता लगाउन खोजी गरिरहेको अखबारले जनाएको छ ।













प्रतिक्रिया