हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा « Khabarhub

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा सार्वजनिक भएको छ ।

हल प्रदर्शनको एक वर्ष नबित्दै फिल्म बिहीबार आर्टमाण्डू युट्युब च्यानलमा प्रिमियर गरिएको हो । यो फिल्म गत वैशाख २६ बाट प्रदर्शनमा आएको थियो ।

चलचित्र विकास बोर्डका अनुसार घरेलु बक्स अफिसबाट यो फिल्मले झन्डै साढे ११ करोड ग्रस कलेक्सन गरेको छ। फिल्मले ५१ दिने सफलता पार गरेको थियो ।

नेपाली भाषी रहेका भारतका विभिन्न स्थानमा पनि यो फिल्म प्रदर्शन गरिएको थियो । भारतमा पनि यो फिल्मले ५१ दिन मनाएको थियो ।

यही फिल्मबाट नवीन चौहानले लेखन र निर्देशनमा डेब्यू गरेका हुन् ।

हलको पहुँचभन्दा बाहिर रहेका दर्शकले ‘ऊनको स्वीटर’ हेर्न नपाएको गुनासो गरेपछि आफूले फिल्म युट्युबमा सार्वजनिक गर्ने निर्णय लिएको चौहानले बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धेरै दर्शकले समय, स्थान र परिस्थितिका कारण हलमा बसेर यो फिलम हेर्न नपाएको पीडा सुनाएपछि मैले यो विराट र साहसी निर्णय लिएको हुँ ।’

सुरुमा उनी यो फिल्म युट्युबमा सार्वजनिक नगर्ने पक्षमा थिए ।

सकारात्मक समीक्षा पाएको यो फिल्ममा समावेश गीतहरु ‘काफ्ले’, ‘मखमली’ र ‘चाइनेजो जिन्दगानीमा’ दर्शकले रुचाएका थिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ५ : ०४ बजे

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।