एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी « Khabarhub

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर सिटी कलेज (केसीसी) बीच उद्योग र शैक्षिक क्षेत्रबीचको दूरी घटाउने उद्देश्यका साथ रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

एनजीसीसीआई सचिवालय, नक्सालमा आज आयोजित कार्यक्रममा एनजीसीसीआईका अध्यक्ष सन्तोष चन्द्र कुँवर र कान्तिपुर सिटी कलेजका अध्यक्ष डा. प्रल्हाद कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरे ।

समझदारी पत्रमा व्यापार, लगानी, अर्थशास्त्र तथा व्यवसायसम्बन्धी विषयहरूमा संयुक्त अनुसन्धान तथा अध्ययन; जर्मनीबाट सिनियर एक्सपर्ट सर्भिस (एसईएस) को सहजीकरण गरी कार्यशाला, अनुसन्धान परामर्श तथा पाठ्यक्रम विकास; एनजीसीसीआईका सदस्य संस्थामा केसीसीका विद्यार्थी तथा नयाँ स्नातकहरूका लागि इन्टर्नशिप तथा ट्रेनीशिपका अवसर; संयुक्त सेमिनार, सम्मेलन, वेबिनार तथा उद्योग–शिक्षा गोलमेच संवादको आयोजना; साथै ज्ञान आदान–प्रदान र स्रोत साधनमा सहकार्य गर्ने विषयहरू समेटिएका छन् ।

हस्ताक्षर समारोहमा बोल्दै एनजीसीसीआईका अध्यक्ष सन्तोष चन्द्र कुँवरले भने, ‘यो साझेदारी नेपाली स्नातकहरूलाई उद्योगमैत्री बनाउने दिशामा महत्त्वपूर्ण कदम हो । केसीसीको शैक्षिक उत्कृष्टता, जर्मन मापदण्डको विशेषज्ञता तथा हाम्रो सदस्य कम्पनीहरूलाई जोडेर नेपालका अर्थतन्त्रसँग सान्दर्भिक उच्चस्तरीय अनुसन्धान र वास्तविक करियर मार्ग निर्माण गर्ने हाम्रो लक्ष्य छ ।’

कान्तिपुर सिटी कलेजका प्रेसिडेन्ट डा. प्रल्हाद कार्कीले भने, ‘एनजीसीसीआई सँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ। यस समझदारीपत्रले हाम्रा विद्यार्थीहरूलाई व्यवहारिक अनुभव, अन्तर्राष्ट्रिय विज्ञहरूको मार्गदर्शन तथा उत्कृष्ट रोजगारीका अवसर प्रदान गर्नेछ। यो हाम्रो ‘रोजगारीयोग्य र विश्वस्तरीय दक्ष जनशक्ति उत्पादन’ गर्ने दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ।’

समारोहमा एनजीसीसीआई का कोषाध्यक्ष शुभाशिष थपलिया, सह–कोषाध्यक्ष  गोपाल दास मानन्धर, एनजीसीसीआईका सल्लाहकार डा. गोपाल प्रसाद तिवारी तथा कान्तिपुर सिटी कलेजका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ७ : ०५ बजे

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत