बेलायतमा बाल दुर्व्यवहार गर्ने पाकिस्तानी गिरोहका गतिविधि तीव्र « Khabarhub

बेलायतमा बाल दुर्व्यवहार गर्ने पाकिस्तानी गिरोहका गतिविधि तीव्र


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतमा बाल दुर्व्यवहार गर्ने पाकिस्तानी मूलका व्यक्ति आबद्ध गिरोहका गतिविधि बढ्न थालेको छ । हालै पश्चिमी लण्डनको होनस्लो क्षेत्रमा एक जना १५ वर्षीया शिख किशोरीलाई पाकिस्तानी मूलका संदिग्धले अपहरण गरी सामूहिक बलात्कार गरेका छन् ।

समाचारमा जनाइएअनुसार ती किशोरीलाई ३४ वर्षीय पुरुष बस्ने फ्ल्याटमा बन्धक बनाइ पटक–पटक दुर्व्यवहार गरिएको थियो । यस घटनामा ६ जनाको संलग्नता रहेको जनाइएको छ ।

यस घटना सार्वजनिक भएसँगै बेलायतमा आक्रोश पैदा भएको छ । किशोरी अपहरण र बलात्कारको घटनापछि स्थानीय शिख समुदायका मानिसहरुले आरोपीका घरअगाडी प्रदर्शन गरेका छन् । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप समेत भएको छ ।

बेलायतमा बालबालिकालाई यौन दुर्व्यवहार गर्ने घटनामा दशकौँदेखि पाकिस्तानी मूलका व्यक्तिहरुको संलग्नता रहेको सार्वजनिक हुँदै आएको छ । यस्तो गिरोहले ११ देखि १६ वर्ष उमेर समूहका किशोरीलाई यौन दुर्व्यवहार गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ७ : ३९ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले