बंगलादेशको अवस्थालाई लिएर बेलायती सांसद चिन्तित « Khabarhub

बंगलादेशको अवस्थालाई लिएर बेलायती सांसद चिन्तित


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशको अवस्था खराब बन्दै गएकोमा बेलायती सांसदले चिन्ता व्यक्त गरेका छन् । बेलायती सांसद बब ब्ल्याकम्यानले बंगलादेशमा अल्पसङ्ख्यक, विशेषगरी हिन्दूमाथिको हिंसा बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले बंगलादेशका हिन्दू मन्दिर र हिन्दू धर्मावलम्बीको घरमा आगजनी भएको, सडकमै उनीहरुको हत्या हुने गरेको पनि जनाए । संसदमा बोल्दै सांसद ब्ल्याकम्यानले आगामी फेब्रुअरी १२ मा तोकिएको निर्वाचनप्रति पनि चासो व्यक्त गरे ।

देशको मुख्य राजनीतिक दल अवामी लिगमाथि प्रतिबन्ध लागेको अवस्थामा हुने चुनावले लोकतान्त्रिक निकास दिनेमा उनले आशंका व्यक्त गरे । उनले बंगलादेशमा बढ्दो इस्लामिक अतिवादप्रति पनि चिन्ता जाहेर गरे ।

उनले आफ्ना विदेश मन्त्रीलाई बंगलादेशको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र समावेशी बनाउन र अल्पसङ्ख्यकको सुरक्षालाई ध्यान दिँदै कदम चाल्न पनि आग्रह गरे ।

बेलायतको संसदमा बंगलादेशको अवस्थाबारे बारम्बार चिन्ता जाहेर हुने गरेको छ । यसअघि गत साता चार जना सांसदहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बंगलादेशको अवस्थाबारे चासो राखेका थिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  २ : १६ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने