बल्छीको ‘गोबर गणेश’ले व्यापार ९ दिनमा १ करोड नाघ्यो « Khabarhub

बल्छीको ‘गोबर गणेश’ले व्यापार ९ दिनमा १ करोड नाघ्यो


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन, शीर्ष भूमिका र निर्माण रहेको फिल्म ‘गोबर गणेश’ले सुरुवाती ९ दिनमा एक करोड ग्रस कलेक्सन कटाएको छ ।

बल्छीका अनुसार फिल्मले माघ १ देखि ९ गतेसम्म एक करोड १० लाख ग्रस कलेक्सन गरेको हो ।

माघ १ गते ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’समेत गरी तीन फिल्म प्रदर्शनमा आएका थिए । तीनमध्ये ‘गोबर गणेश’ले दोस्रो सातामा सबैभन्दा बढी शो पाएको फिल्म बनेको छ ।

दोस्रो सातामा हलमा दर्शक बढ्नेमा बल्छी आशावादी छन् । उनी दाबी गर्छन्, ‘हामीले इमानदार भएर कथा भन्ने प्रयास गरेका छौं । दर्शकले पनि ‘यो मेरो नै कथा हो’ भन्ने प्रतिक्रिया दिनुभएको छ । सकारात्म प्रतिक्रिया पाएकाले दोस्रो साता झन् दर्शक बढ्नेमा म आशावादी छु ।’

यस फिल्मको नायिका वर्षा शिवाकोटी हुन् । आमा–छोराको त्याग र संघर्षको कथामा यो फिल्म बनेको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  २ : ०६ बजे

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

कंगोसँगको बराबरीपछि रोनाल्डोको प्रतिक्रिया- सुरुवात राम्रो भएन तर खेल अझै सकिएको छैन

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलको निराशाजनक सुरुवातप्रति