‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी रिल जोडीले फेरि एक फिल्ममा सहकार्य गर्ने भएको छ ।

नेपाली फिल्म इतिहासको सबैभन्दा बढी व्यापार गर्ने ‘पूर्णबहादुरको सारङ्गी’को यो रिल जोडी ‘सिन्दुरे’मा अनुबन्ध भएका हुन् । बन्न लागेको फिल्मको निर्देशक सरोज पौडेल हुन् ।

सरोज ‘पूर्णबहादुरको सारङ्गी’कै निर्देशक हुन् । यी तीन कीर्तिमानी फिल्मकर्मीले दोस्रो सहकार्य गर्न लागेका हुन् ।

विजय र अञ्जनासँगको दोस्रो सहकार्यबारे पौडेल भन्छन्, ‘उहाँहरु बजारले रुचाएको कलाकार हो । तर, मैले कथाले नै मागेपछि उहाँहरुसँग सहकार्य गर्ने सोच बनाएको हो । बजार चलेर लिइएको होइन ।’

यस फिल्मका अन्य कलकार चयनको काम भने बाँकी रहेको निर्देशक पौडेलले बताए । उनले भने, ‘अझै केही कलाकार अनुबन्ध गर्न बाँकी छ । चाँडै फाइनल हुन्छ ।’

यस फिल्म सबिन अधिकारी, वसन्त न्यौपाने र पौडेल मिलेर लेखेका हुन् । फिल्मको कथाबारे अहिले खुलाइएको छैन । प्रदर्शन मिति पनि तय भएको छैन ।

‘पूर्णबहादुरको सारङ्गी’पछि

यो फिल्म नायकाका रुपमा विजयको डेब्यू थियो । व्यापारिक रुपमा हिट भएपछि बजारमा नायकका रुपमा विजयको डिमान्ड बढ्यो । तर, उनले हिट फिल्म दिएका छैनन् ।

विजयले तीन फिल्म ‘जारी २’, ‘वरिष्ठ बलराम’ र ‘जनै हराएको मान्छे’मा शीर्ष भूमिकामा थिए । यी तीनै फिल्मले बक्स अफिसमा कमाल गर्न सकेनन् । अहिले विजय एक हिट फिल्मको खोजीमा देखिन्छन् ।

निर्देशक सरोजले एक फिल्म ‘कोशेढुङ्गा’ प्रदर्शनमा ल्याए । गत भदौमा प्रदर्शन आएको यो फिल्म बक्स अफिसमा फ्लप भयो ।

त्यस्तै, नायिका अञ्जानालाई ‘पूर्णबहादुरको सारङ्गी’ले डिमान्डेड नायिका बनायो । अहिले उनी महँगो पारिश्रमिक लिने नायिकाको सूचीमा शीर्ष स्थानमा आउँछिन् भन्ने चर्चा छ ।

यो फिल्म पछि अञ्जनाले ‘परिवर्तन’, ‘परान’, ‘महाभोज’ र ‘डोरी’मा अभिनय गरिन् । आइतबार ‘परिवर्तन’ तेस्रो दिनमा प्रदर्शनरत छ ।

अञ्जनाका दुई फिल्म ‘डोरी’ र ‘महाभोज’ भने फ्लप भए । ‘परान’ भने सुपरहिट बन्यो । तर, यस फिल्ममा उनी सहायक भूमिकामा छिन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  २ : ५१ बजे

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज