श्रीमान श्रीमतीमाथि जासुसी गर्ने एपको प्रयोग बढ्दो | Khabarhub Khabarhub

श्रीमान श्रीमतीमाथि जासुसी गर्ने एपको प्रयोग बढ्दो


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– श्रीमान वा श्रीमतीको मोबाइल वा कम्प्युटरमा गोप्य रूपमा राखेर जासुसी गर्न प्रयोग गरिने सफ्टवेअरको प्रयोग बढ्न थालेको छ । स्टकरवेअर वा स्पाउजवेअर भनिने यस्ता शक्तिशाली जासुसी एप वा सफ्टवेअरहरू इन्टरनेटमा खुलेआम किन्न पाइन्छ।

एकपटक कुनै मोबाइल वा कम्प्युटरमा राखेपछि यस्ता स्टकरवेअरमार्फत सबै एसएमएस पढ्न, नियमितरूपमा स्क्रिनको तस्बिर खिच्न, फोन भएको स्थान पत्ता लगाउन र क्यामरामार्फत प्रत्यक्ष भिडिओ हेर्न सकिन्छ ।

साइबर सुरक्षा कम्पनी क्यास्पर्स्कीका अनुसार गएको वर्षमा अघिल्लो वर्षभन्दा ३५ प्रतिशत धेरै मानिसले आफ्नो उपकरणमा स्टकरवेअर राखेको भेट्टिएको छ । क्यास्पर्स्कीको प्रविधिले यो वर्ष ३७ हजार पाँच सय ३२ उपकरणमा स्टकरवेअर भएको पत्ता लगाएको बीबीसीले जनाएको छ ।

मुख्य सुरक्षा अध्ययनकर्ता डेभिड इम, सो सङ्ख्या खासमा ‘ठूलो पहाडको एउटा सानो टुप्पो’ मात्रै भएको भन्दै यसको वास्तविक सङ्ख्या निकै धेरै हुन सक्ने ठान्छन् ।

नछोड्नुहोस्आफ्नो मोबाइल नछोड्नुहोस् किनभने स्टकरवेअर राख्दा फोन चाहिन्छश्रीमान वा श्रीमतीले आफूमाथि स्टकरवेअर प्रयोग गरेर जासुसी गरेको थाहा पाएमा त्यसले मानसिक समस्या ल्याउने बताइन्छ।

सेफर प्लेसकी जेम्मा ट्वेन्टन भन्छिन्: “यसले मानिसको विश्वास गर्ने क्षमता कम गर्छ। उनीहरूले उपकरणलाई सहयोगी वस्तुभन्दा पनि हतियारका रूपमा देख्छन्।”

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १ : २४ बजे

आज नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुँदै

काठमाडौं– अन्तर्राष्ट्रिय दुई मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश खेल्दै

गण्डकीमा २४५ किलोमिटर पक्की सडक निर्माण

म्याग्दी– गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१–०८२ मा २४५ किलोमिटर सडक

सामाजिक सञ्जाल प्रतिबन्ध : मनोरञ्जन क्षेत्र चिन्तित

काठमाडौं – नेपाल सरकारले आफू मातहतका कार्यालयमा फेसबुक, युट्युब र

एक दिनमा देशभर ३४ विपदका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण शुक्रबार देशभर

दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज हुँदै

काठमाडौं– दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज (शनिबार) ललितपुरको  होटल