फिल्म स्टारलाई पछि पारे बल्छीले, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ लाखमै सीमित « Khabarhub

फिल्म स्टारलाई पछि पारे बल्छीले, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ लाखमै सीमित


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यही माघ १ गतेबाट प्रदर्शनमा आएका तीन फिल्महरुमा ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’भन्दा ‘गोबर गणेश’को व्यापार उच्च देखिएको छ । दुई फिल्मको व्यापार लाखमै सीमित हुँदा ‘गोबर गणेश’को व्यापार भने करोडमा देखिएको छ ।

चलचित्र विकास बोर्डले साप्ताहिक ब्रिफिङमार्फ सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार ‘गोबर गणेश’को ग्रस कलेक्सन १ करोड १४ लाख रहेकाे छ ।

माघ १ देखि १० सम्म यो फिल्म हेर्न ४० हजार २३४ वटा टिकट बिक्री भएका छन् ।

त्यस्तै, उक्त अवधिमा ‘भाइरल गोर्खे’ले ३४ लाख ५३ हजार र ‘मिरमिरे’ले ३३ लाख ७२ हजार ग्रस कलेक्सन गरेका छन् ।

स्टारभन्दा अघि बल्छी

‘गोबर गणेश’को शीर्ष नायक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ हुन् । उनी यस फिल्मको लेखक, निर्देशक र निर्माता पनि हुन् । नायिकामा वर्षा सिवाकोटी छिन् ।

‘मिरमिरे’मा भने फिल्म स्टार दयाहाङ राई शीर्ष भूमिकामा छन् । गीतका स्टार तथा फिल्ममा फ्लप भए पनि प्रकाश सपुत ‘मिरमिरे’को शीर्ष भूमिकामै छन् ।

यस फिल्ममा पनि स्टार अनुहारको कमी छैन । ‘भाइरल गोर्खे’मा फिल्म स्टार सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ छिन् । तर, दयाहाङ, सौगात र श्रृष्टि जस्ता फिल्म स्टारलाई व्यापारमा भने बल्छीले जितेका छन् ।

दयाहाङ र सौगातको फिल्मको भन्दा बल्छीको ‘गोबर गणेश’ ले झन्डै तेब्बर बढी व्यापार गरेको छ ।

पछिल्लो समय स्टार कलाकारहरुले दर्शकलाई हलमा तान्न नसकेको अर्को स्पष्ट उदाहरण यो पनि हो ।

सोही कारण अहिले फिल्म क्षेत्रमा भाष्य निर्माण भएको छ, ‘कलाकार स्टार होइन स्क्रिप्ट हो ।’

तर, मेकरहरु स्टार कलाकारलाई लिन महँगो पारिश्रमिक दिँदै आएका छन् । फिल्मको व्यापार न्यून हुँदा ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’मा जसरी उनीहरु घाटाको व्यवसाय गर्न पुग्छन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १२ : २२ बजे

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई

तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन

काठमाडौं- जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र