प्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने « Khabarhub

प्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा औपचारिक रूपमा नै ३७ अर्ब रुपैयाँ भन्दा बढी खर्च हुने भएको छ ।

सरकारले निर्वाचन आयोग र सुरक्षा निकायबाट गर्ने अनुमानित २७ अर्ब रुपैयाँ र राजनीतिक दलका ६ हजार बढी उम्मेदवारहरूले औपचारिक रूपमा गर्न पाउने १० अर्ब सहित निर्वाचनमा ३७ अर्ब बढी खर्च हुने देखिएको हो ।

तर, अहिलेसम्मको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले भने निर्धारित सीमा भन्दा धेरै गुणा बढी खर्च गर्ने गरेको आवाज उठ्दै आएको छ ।

सरकारी खर्च करिब २७ अर्ब रुपैयाँ

सरकारले चुनावमा करिब २७ अर्ब खर्च हुनसक्ने अनुमान गरेको छ । जुन निर्वाचन आयोगले गर्ने खर्च, तीनवटै सुरक्षा निकायले गर्ने खर्च लगायत अन्य निकायमा हुन सक्ने कुल अनुमानित खर्च हो ।

आयोगले सुरुवाती समयमा नै सरकारसँग ७ अर्ब ८० करोड माग गरेको थियो । जसमध्ये हालसम्म अर्थ मन्त्रालयले आयोगलाई ६ अर्ब ७२ करोड, गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड गृह मन्त्रालयलाई र १ अर्ब ९९ करोड रक्षा मन्त्रालयलाई निकासा गरिएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।

आयोगले अहिलेसम्म प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाउने र चुनाव चिन्ह प्रदान गर्ने काम सम्पन्न गरिसकेको छ । साथै, आयोगले समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्र छाप्ने काम पनि सम्पन्न भएको जनाएको छ ।

त्यस्तै, सुरक्षा निकाय अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले पनि सरकारसँग चुनावसँग सम्बन्धित खर्चका लागि ठूलो रकम माग गरेका छन् । लजिस्टिक, सवारी साधन, इन्धन, म्यादी प्रहरी लगायतका क्षेत्रमा सुरक्षा निकायले चुनाव लक्षित थप खर्च गर्छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता पाण्डेयले निर्वाचनमा लक्षित हुने खर्चको सम्बन्धमा थप खर्चको माग हुने अवस्था सिर्जना भएका मन्त्रालयले व्यवस्था गर्न सक्ने पनि बताए ।

उम्मेदवारहरूले १० अर्ब ५२ करोड खर्च पाउने

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा सहभागी प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारले चुनावमा गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले निर्धारण गरेको सीमाअनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारले फागुन २१ गते हुने निर्वाचनमा १० अर्ब ५२ करोड रुपैयाँ औपचारिक रूपमा खर्च गर्न सक्छन् ।

निर्वाचन आयोगको माघ ९ गतेसम्म अद्यावधिक गरिएको तथ्यांकअनुसार पछिल्लो प्रत्यक्ष तर्फ १६५ वटा निर्वाचन क्षेत्रमा ३ हजार ४०६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

आयोगले उम्मेदवारको खर्च निर्धारण गर्ने क्रममा देशभरीका १६५ वटा निर्वाचन क्षेत्रलाई ५ वटा भागमा विभाजन गरेको छ । जसमा आयोगले प्रति व्यक्ति उम्मेदवार ५ वटा निर्वाचन क्षेत्रको लागि २५ लाख, १७ वटा निर्वाचन क्षेत्रको लागि २७ लाख, ६५ वटा निर्वाचन क्षेत्रको लागि २९ लाख, ५२ वटा निर्वाचन क्षेत्रको लागि ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रको लागि ३३ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।

आयोगले खर्चको लागि निर्धारण गरेको सीमाअनुसार १ उम्मेदवारका दरले १६५ वटा निर्वाचन क्षेत्रमा ४९ करोड ३९ लाख रुपैयाँ खर्च हुन्छ । तर, आयोगले निर्धारण गरेको उम्मेदवारले गर्न पाउने औसत खर्च प्रतिव्यक्ति २९ लाख रुपैयाँ बराबर हुन्छ ।

सो सीमाअनुसार प्रत्यक्षतर्फबाट चुनावी मैदानमा रहेका उम्मेदवारहरूले औपचारिक रूपमा ९ अर्ब ८७ करोड ७४ लाख रुपैयाँ खर्च गर्न सक्छन् ।

त्यस्तै, आयोगले समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारले प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।

समानुपातिक तर्फ देशभरका ६४ वटा राजनीतिक दलहरूले बुझाएको बन्दसूचीमा ३ हजार २१३ जना उम्मेदवारहरूको नाम समावेश छ । जसमा ११० वटै सिटका लागि २२ वटा दलले मात्रै पूर्ण सूची बुझाएका छन् । अन्य ४२ दलहरूले भने थोरै संख्यामा उम्मेदवारहरूको नाम बन्दसूचीको लागि बुझाएका छन् ।

आयोगले गरेको खर्चको सीमा निर्धारणअनुसार समानुपातिकतर्फका सबै बन्द सूचीका उम्मेदवारहरूले औपचारिक रूपमा जम्मा ६४ करोड २६ लाख रुपैयाँ खर्च गर्न सक्छन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ५ : ५१ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको