सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता « Khabarhub

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तीन दिनदेखि बेपत्ता छन् ।

आइतबार दिउँसो जाल हान्ने क्रममा चिप्लिएर खोलाको भुमरीमा परेका भिमाद नगरपालिका–५ आँमडाँडा तुतुवा निवासी ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार घटनाको जानकारी पाएलगत्तै आइतबार नै स्थानीय बासिन्दा र प्रहरीले खोजी सुरु गरेको थियो ।

इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले घटनास्थल र आसपासका क्षेत्रमा खोजी जारी राखे फेला पार्न नसकिएको उनको भनाइ छ ।

‘सप्लाङ्गी खोलामा जाल हान्ने क्रममा अचानक सन्तुलन गुमाएर दहको भुमरीमा परेर बेपत्ता भएका जानकारी पाएका छौँ,’ प्रनाउ विकले भने, ‘पोखराबाट आएको सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्यलाई निरन्तरता दिइरहेका छौँ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ११ : ५० बजे

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश