नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु   « Khabarhub

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८२ वैशाख १ गतेदेखि माघ १२ गतेसम्मको अवधिमा नेपालमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, वन डढेलो, हावाहुरी, जनावरको आक्रमण, लेक लाग्नु, हिउँ पहिरो आदि गरी ६ हजार ११४ वटा विपद्का घटनामा ४ सय ३१ जनको मृत्यु भएको हो ।

विपद्का घटनामा परी एक हजार ६ सय ७१ जना घाइते भएका छन् भने ३८ जना बेपत्ता छन् । विपद्का घटनामध्ये सबैभन्दा बढी सर्पदंश (सर्पको टोकाइ) बाट  ९७ जनाको मृत्यु भएको छ । 

त्यस्तै आगलागीमा परी ७५, पहिरोमा परी ७१, चट्याङ लागेर ४४, जनावरको आक्रमणमा परी ४३, बाढीमा परी ३७, लेक लागेर ३५, हावाहुरीमा परी ८, भारी वर्षाका कारण ७, हिउँ पहिरोमा परी ६ र वन डढेलोमा परी एकजनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सोही अवधीमा बाढीमा परी २७, पहिरोमा परी ५, हिउँ पहिरोमा परी ५ र जनावरको आक्रमणमा परी एकजना गरी ३८ जना बेपत्ता भएका छन् । 

विपद्का घटनाबाट उक्त अवधीमा ११ हजार ७ सय ३२ परिवार प्रभावित भएका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ३ : २६ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली