भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव र बिजनेस एक्स्पो’ « Khabarhub

भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव र बिजनेस एक्स्पो’


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव तथा काठमाडौं बिजनेस एक्स्पो’ सुरु भएको छ।

स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १७ गतेसम्म सञ्चालन हुनेछ।

महोत्सवको उद्‌घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गरिन्। उद्‌घाटन समारोहमा बोल्दै डंगोलले महिला र युवाको सशक्तिकरणका लागि आर्थिक रुपमा आत्मनिर्भर हुनु अपरिहार्य रहेको बताइन्। उनले आफूसँग भएका सीपलाई आयआर्जनसँग जोड्न मेला–महोत्सव महत्वपूर्ण माध्यम हुने उल्लेख गिरन्।

डंगोलले काठमाडौं महानगरपालिकाले ‘एक वडा एक नमूना उद्यमशीलता’ कार्यक्रम सञ्चालन गरिरहेको र गृहिणीहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आएको जानकारी पनि दिइन् ।

महोत्सवमा करिब दुई सयभन्दा बढी व्यावसायिक स्टलहरू राखिएका छन्। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठका अनुसार घरेलु तथा साना उद्योग, स्टार्टअप तथा नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ र व्यवसायिक दृश्यता प्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो।

महोत्सवले स्थानीय उत्पादनको बजारीकरणसँगै उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १ : ३७ बजे

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी