बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २ « Khabarhub

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको फिल्म ‘बोर्डर २’ ले बक्स अफिसमा राम्रो सफलता पाएको छ। फिल्मले पाँचौं दिन २१६ करोड कमाइ गरिसकेको छ । छैटौं दिन पनि कमाईको सुनामी जारी छ।

‘बोर्डर २’ ले हरेक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ। यसको दैनिक नेट कलेक्सन यस्तो छ।

  • पहिलो दिन : ३२.१० करोड रुपैयाँ
  • दोस्रो दिन : ४०.५९ करोड रुपैयाँ
  • तेस्रो दिन : ५७.२१ करोड रुपैयाँ
  • चौथो दिन : ६३.५९ करोड रुपैयाँ

यसरी फिल्मले चार दिनमै कुल १९३.४८ करोड रुपैयाँ कमाइसकेको छ। फिल्मको बजेट करिब २५० करोड रुपैयाँ बताइएको छ।

ग्रस बक्स अफिस कलेक्सन लगभग २५० करोड पुगेको छ। यसरी बोर्डर २ ले आफ्नो बजेट उठाइसकेको छ । अब नाफातर्फ अगाडि बढिरहेको छ।

फिल्मको निर्देशन अनुराग सिंहले गरेका छन्। फिल्ममा सनी देओल, वरुण धवन, अहान शेट्टी, दिलजीत दोसांझ, मेधा राणा, सोनम बाजवा र मोना सिंह मुख्य भूमिकामा छन्।

फिल्म गुलशन कुमार र टी-सीरीजले प्रस्तुत गरेको छ, जसलाई जे.पी. फिल्म्ससँगको साझेदारीमा निर्माण गरिएको हो। यसलाई भूषण कुमार, कृष्ण कुमार, जे.पी. दत्ता र निधि दत्ताले प्रोड्युस गरेका हुन्।

सन् १९९७ को क्लासिक ‘बोर्डर’ को स्पिरिचुअल सिक्वल भएकाले फिल्म रिलिज हुनुअघि नै निकै चर्चा बटुलेको थियो। अब २०२६ को पहिलो मेगा हिट फिल्म बन्ने सम्भावना देखिँदैछ। बोर्डर २ को छैटौँ दिनको बक्स अफिस कलेक्सनले अझै उचाइ लिने विश्वास छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ४ : १६ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’