टोटनह्यामविरुद्धको खेलमा चोट बोकेका सलाह फर्किए प्रशिक्षणमा « Khabarhub

टोटनह्यामविरुद्धको खेलमा चोट बोकेका सलाह फर्किए प्रशिक्षणमा


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इङ्ग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत टोटनह्यामविरुद्धको खेलमा चोट लागेका कारण ‘रेस्ट’मा रहेका लिभरपुलका फरवार्ड मोहमद सलाह पुनः प्रशिक्षणमा फर्किएका छन् ।

आइतबार राति टोनटनह्यामविरुद्धको खेलमा सलाह चोटिल हुन पुगेका थिए । उक्त खेलमा लिभरपुलले २–१ को जीत निकालेको थियो ।

आइतबार चोटिल भएका सलाह सोमबार नै टिमको प्रशिक्षणमा फर्किएका हुन् । यद्यपि, चोटका कारण टोटनह्यामविरुद्धको खेलमा भने उनी पूरै समय मैदानमा रहेनन् ।

टोटनह्यामविरुद्ध पेनाल्टीमार्फत १ गोल गरेका सलाह खेलको ८५ औं मिनेटमा सब्सिच्यूड भएका थिए ।

घरेलु मैदानमा भएको खेलमा चोट बोकेका सलाह केही दिन रेस्टमा रहन सक्ने अनुमान गरिएको थियो ।

तर, लिभरपुलले भने उनको चोट सामान्य रहेको र बाँकी खेलका लागि सलाह फिट रहेका जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ७ : १२ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर