दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ? « Khabarhub

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि प्रश्न उठाएकी छन् । उनले दलहरूलाई लक्षित गर्दै जेन–जी पुस्ताको अपेक्षा सम्बोधन गर्न सक्ने घोषणापत्रबारे प्रश्न गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको उक्त प्रश्नलाई आगामी चुनावमा निर्णायक बन्दै गएको युवा मतदातासँग जोडेर हेरिएको छ।

‘के तपाईंको पार्टीसँग जेन-जी को माग पूरा गर्न सक्ने घोषणा पत्र छ ?’, उनले सोधेकी छन्, ‘यो विषयमा नेताहरूलाई डिबेट गर्न बोलाए कुन कुन पार्टीको नेताले अस्वीकार गर्छन होला ?’

पछिल्ला वर्षहरूमा रोजगारी, शिक्षा, प्रविधि, सुशासन र जलवायु परिवर्तनजस्ता विषयमा जेन–जी पुस्ताको चासो बढ्दै गएको सन्दर्भमा दलहरूको तयारी कति छ भन्ने प्रश्न उठ्न थालेको छ।

यस्तोमा यसअघि चुनावी मुद्दालाई लिएर सार्वजनिक बहसका लागि गरिएको आह्वान राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले अस्वीकार गरेका थिए । उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने बहसमा सहभागी हुन तयार भएका थिए ।

तर रेखाले जेन–जी केन्द्रित घोषणापत्र र नीतिगत दृष्टिकोणबारे खुला डिबेटका लागि प्रमुख दलका नेताहरूलाई चुनौती दिएकी हुन् । उनले यस विषयमा बहसका लागि आमन्त्रण गरिएमा सबै सहभागी नहुन सक्ने अड्कल पनि गरिएको सन्दर्भमा बोलेकी हुन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार युवाका मुद्दामा स्पष्ट योजना नभएका केही दलका नेताहरू सार्वजनिक बहसबाट टाढा रहने सम्भावना रहन्छ।

विशेषगरी डिजिटल अर्थतन्त्र, रोजगारी सिर्जना, पारदर्शिता र उत्तरदायित्वका विषयमा ठोस प्रतिबद्धता प्रस्तुत गर्न कठिनाइ हुने दलहरू डिबेटमा सहभागी नहुने सम्भावना रहेको बताइन्छ ।

यद्यपि, युवामैत्री नीति र पुस्तागत परिवर्तनको एजेन्डा अघि सार्दै आएका केही दल र नेताहरू भने यस्तो डिबेटलाई अवसरका रूपमा लिने देखिन्छ।

रेखा थापाको प्रश्नले दलहरूका चुनावी घोषणापत्र व्यवहारिक छन् कि मात्र औपचारिक दस्तावेज भन्ने बहसलाई सतहमा ल्याएको बताइन्छ ।

आगामी दिनमा दलहरूले जेन–जीका मुद्दामा कस्तो स्पष्टता र प्रतिबद्धता प्रस्तुत गर्छन् भन्नेमा राजनीतिक चासो बढ्दै गएको छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ४ : ३४ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,