कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव « Khabarhub

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू नभई प्रचण्ड भागिरहेको आरोप लगाएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट भागेर प्रचण्ड लगायतका केही नेताहरूले गम्भीर त्रुटि गरिरहेको समेत बताए । 

माओवादी बिचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरुसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनले बताए ।

प्रचण्डले एकताका लागि केहिदिन अघि गरेको आह्वानमा विप्लवले विचलनकारीहरूले एकताको अपिल गरेको नसुहाउने धारणा राखे । उनले जनतासँग सम्पूर्ण रुपमा जोडिएको शक्तिले मात्रै एकताको अपिल गर्न सुहाउने तर्क गरे ।

माओवादी आन्दोलनलाई बिर्सजन गर्ने प्रकारको कुनै पनि एकतामा आफूहरू सहभागी नहुने उनले स्पष्ट पारे ।

उनले पार्टीले उठाएका एजेन्डाका साथै सत्य तथ्य बिचारका साथ जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका केही नेता तथा कार्यकर्ताहरू नेकपा (माओवादी) मा समाहित भएका थिए । 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ४ : १९ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच