धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’ « Khabarhub

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित कांग्रेस चुनावमा गएको भन्दै पाँच वर्षका लागि पार्टीलाई सरकार चलाउने अवसर दिन आग्रह गरेका छन्।

धनुषा क्षेत्र नम्बर ४ मा शुक्रबार आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘हामी आँखामा सपना र केही गरौँ भन्ने भोक बोकेर आएका छौँ। देशलाई एक ठाउँमा ल्याउने जिम्मा कांग्रेसले लिन्छ।’

उनले विगतमा विभिन्न कारणले पार्टीबाहिर रहेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्नेमा जोड दिए। ‘हिजो घरबाहिर रहनु भएका सबै साथीहरूलाई पार्टीमा बोलाउनुपर्छ,’ उनले भने।

थापाले आफू राम्रो निर्वाचन क्षेत्र छाडेर मधेश आएको उल्लेख गर्दै मधेशलाई नेपालको केन्द्र र मुटुका रूपमा व्याख्या गरे। ‘मधेश नेपाली कांग्रेसको जननी हो,’ उनले भने, ‘हामी हिजोका गल्ती सच्याएर अगाडि बढ्छौँ।’

कांग्रेसले मधेशलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पार्दै थापाले भने, ‘यो पाँच वर्ष हामी मधेशलाई जुरूक्क बोक्न चाहन्छौँ। सिंहदरबारमा देशका निर्णय लेखिँदा प्रधानमन्त्रीले मधेश सम्झिने अवस्था बनाउँछौँ। त्यसैले अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउने म्यान्डेट दिनुहोस् ।’

उनले कांग्रेस सबै भाषा, जाति र धर्मलाई एक ठाउँमा जोड्ने पार्टी भएको बताउँदै मधेशबाट कांग्रेसका सबै उम्मेदवार विजयी हुनुपर्ने बताए। ‘धनुषाबाट चारै क्षेत्र कांग्रेसले जित्नुपर्छ,’ उनले अगाडि भने ।

मधेशका मुद्दामा स्पष्ट र निर्भीक रूपमा बोल्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै थापाले चुनावमा राष्ट्रिय र स्थानीय दुवै मुद्दा लिएर जान पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे।

‘यदि कसैले नयाँ पार्टीमा भोट हाल्छु भन्छ भने नयाँ कांग्रेस यही हो भनेर रुखमा भोट हाल्न भन्नुपर्छ,’ उनले भने, ‘मधेशवादीलाई भोट दिन्छु भन्नेहरूलाई कांग्रेस नै सबैभन्दा पुरानो र असली मधेशवादी पार्टी हो भन्न सक्नुपर्छ।’

कांग्रेस अब रूपान्तरित भएको दाबी गर्दै थापाले पार्टी उत्तेजना फैलाउने नभई देश सम्हाल्ने शक्ति भएको बताए। ‘कांग्रेस ध्वंश गर्ने होइन, मिलाउने र सच्याउने पार्टी हो। देश र व्यवस्थालाई सम्हाल्ने जिम्मा कांग्रेसले लिन्छ,’ उनले भने।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ४ : २७ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,