मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’ को माग « Khabarhub

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’ को माग


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच गरी कारबाहीको दायरामा ल्याउन र आवश्यक मापदण्ड लागू गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले चार हप्ताभन्दा बढी प्रयोग गर्न नमिल्ने औषधिजन्य मञ्जन समेत खुला र लामो समय प्रयोग गर्नाले जनताको स्वास्थ्यमा गम्भीर असर गर्ने उल्लेख गरेको छ ।

एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले एसोसिएसनले २०७९ सालदेखि बजारमा पाइने मञ्जनको गुणस्तरबारे जाँच गर्न र यसको बनावटबारेमा यथाशक्य छानबिन गर्न मन्त्रालय र औषधि व्यवस्था विभागमा धेरै पटक माग गर्दा समेत हालसम्म कुनै पनि मापदण्ड नबनेको बताए ।

उनका अनुसार एकातिर दैनिक प्रयोग गरिने मञ्जनहरुको गुणस्तरका बारेमा राज्य अनभिज्ञ हुनु र अर्को तिर विभिन्न परिषद् र काउन्सिलमा दर्तावाल दन्त जनशक्तिको सिफारिसमा मात्र बिक्री वितरण गर्नुपर्ने औषधिजन्य मञ्जनहरु खुला सुपर मार्केटमा बिक्री वितरण गरिनुले जनताको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गरिरहेको छ ।

उनले भने, ‘जनताको मुख स्वास्थ्य र समग्र स्वास्थ्यप्रति राज्यको उपस्थिति र चासोमा गम्भीर देखिएन ।’

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ५ : १५ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी