शुक्लागण्डकीमा तीन जनाको हत्या अभियोगमा पक्राउ परेका सार्वजनिक « Khabarhub

शुक्लागण्डकीमा तीन जनाको हत्या अभियोगमा पक्राउ परेका सार्वजनिक


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म्याद थप गरिएको छ ।

हत्या अभियोगमा पक्राउ परेका कास्की घर भई शुक्लागण्डकी–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालत तनहुँबाट बिहीबार सात दिनको म्याद थप गरिएको हो ।

निजविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । प्रहरीले निजका साथबाट चक्कु, चप्पल, सल, प्रयोग गरिएका कपडा बरामद गरेको छ । 

गत पुस २६ गते बिहान सेती नदीस्थित कसेरीघाटमा तीन जनाको हत्या गरेको अवस्थामा शव भेटिएको थियो । शुक्लागण्डकी फोहर प्रशोधन केन्द्र नजिक शुक्लागण्डकी–११ का ३९ वर्षीय नारायण विक, भिमाद नगरपालिका–८ का ५८ वर्षीया देउमाया थापा र नामथर वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको थियो ।

घटनापश्चात् तालिमप्राप्त कुकुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका विज्ञसहितको टोलीबाट गहन अनुसन्धान गरिएको थियो । 

नाम, थर र वतन नखुलेको पुरुषको शवको सनाखतका लागि हुलिया परिपत्र गरी शवगृहमा सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए । 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ७ : ०५ बजे

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८

चिरपट प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ – श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु