वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै आएका वीरगन्ज महानगरका तीन वडामा नाला र ह्युमपाइपको व्यवस्था गरिएको छ ।
डुबान हुने ती क्षेत्रहरूमा महानगरले नाला र ह्युमपाइपको व्यवस्था गरेसँगै डुबानका समस्याबाट केही हदसम्म भए पनि राहत हुने आशा स्थानीयवासीले गरेका छन् । महानगर प्रमुख राजेशमान सिंहले महानगरको वडा नं १७, २४ र २६ मा वर्षात्का बेला हुने डुबानको समस्या समाधान गर्न योजनाबद्ध रूपमा काम अघि बढाएको जानकारी दिए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले महानगरले आगामी दिनमा अन्य डुबान प्रभावित क्षेत्रहरूको पहिचान गरी क्रमशः निकासको काम अघि बढाउने बताए ।
‘निर्मित संरचनाहरूको नियमित अनुगमन, मर्मत र सरसफाइलाई प्राथमिकतामा राखेर सहरी पूर्वाधारलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ’, उनले भने, ‘विगतमा पनि यो समस्या समाधानका लागि पटकपटक प्रयास गरिए पनि स्थानीयस्तरमा कुरा नमिल्दा र प्राविधिक अवरोधका कारण दीर्घकालीन समाधान हुनसकेको थिएन ।’













प्रतिक्रिया