भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु « Khabarhub

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धतासहित आफू उम्मेदवारका रूपमा जनतामाझ उपस्थित भएको बताएका छन् ।

उनले भक्तपुरका नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै जनताको सेवा नै आफ्नो पहिलो कर्तव्य भएको संकल्प व्यक्त गरे।

‘तपाईँहरूको बिचमा उपस्थित भएको छु, भक्तपुरमा हामीले सुरु गरेको अधुरा विकासका योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धता, यहाँको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्य, र जनताको सेवा नै मेरो पहिलो कर्तव्य भन्ने सङ्कल्पसहित म अगाडि बढेको छु, यो क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर, सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुदृढीकरण-यी सबै मेरो प्राथमिकतामा रहनेछन्, उनले भने’।

‘सचिव बस्नेतका अनुसार क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर सिर्जना, सडक, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सुदृढीकरण आफ्ना प्रमुख प्राथमिकतामा रहनेछन्। ‘म वाचा मात्र होइन, काम गरेर देखाउने अठोटका साथ आएको छु,’ उनले भने।

उनले जनताको साथ, विश्वास र अमूल्य मत नै आफ्नो शक्ति भएको उल्लेख गर्दै समृद्ध भक्तपुर निर्माणका लागि हातेमालो गर्न आग्रह गरे । साथै उहाँले सूर्य चिन्हमा मतदान गरी सहयोग गरिदिन मतदातालाई अनुरोध गरेका छन्।

 ‘तपाईँहरूको साथ, विश्वास र अमूल्य मत नै मेरो शक्ति हो, आउनुहोस्, समृद्ध भक्तपुर निर्माणको यात्रामा हातेमालो गरौँ, सूर्य चिन्हमा मतदान गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ मतदातासँग उहाँको अनुरोध छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १२ : ५५ बजे

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल

तेस्रो मुलुकका नागरिकलाई छ वर्षपछि खुल्यो जमुनाह नाका

नेपालगञ्ज– जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि