निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान « Khabarhub

निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सञ्चारमाध्यमले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनको ४१ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले निर्वाचनमा प्रत्येक मतदाताले सुरक्षित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधार भएको बताएका छन्। 

उनले भने, ‘निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि र शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चारमाध्यमको योगदान अत्यन्तै महत्वपूर्ण छ।’

उपराष्ट्रपतिले पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ मान्दै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्न आह्वान पनि गरेका छन्। उनले तथ्यपरकता, निष्पक्षता र विश्वसनीयता कायम गर्दै सबै समुदायलाई समान अवसर प्रदान गर्नु सञ्चारमाध्यमको दायित्व भएको स्पष्ट पारेका छन्।

उनले भने, ‘कुनै पनि समुदाय वा नागरिकको आवाज उपेक्षित हुनु लोकतन्त्रको आत्मालाई कमजोर बनाउने कार्य हो।’

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ५ : ४३ बजे

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

आजका समाचार : घरदैलो अभियानमा व्यस्त उम्मेदवार, ओलीले मागे चुनावी सुरक्षा र गाजामा इजरायली आक्रमण जारी

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे नेपाली