किशोरी बलात्कार गरेको अभियोगमा अखिलका नेता पक्राउ « Khabarhub

किशोरी बलात्कार गरेको अभियोगमा अखिलका नेता पक्राउ


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक किशोरीमाथि बलात्कार गरेको अभियोगमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल)का केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका छन् ।

पीडित किशोरीको आधारमा काठमाडौं प्रहरीले राईलाई पत्राउ गरेको हो ।

राईलाई काठमाडौंको जोरपाटी क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।

राईले एक चिनजानकी १८ वर्षीया किशोरीलाई ‘काम छ भन्दै बोलाएर’ काठमाडौंको गोकणेश्वर–६ मा रहेको आफ्नो साथीको कोठामा लगेर बलात्कार गरेका प्रहरीको भनाइ छ ।

‘काम छ भनेर बोलाएर साथीको कोठामा लगि बलात्कार गरेको भन्दै पीडित किशोरीले राईविरुद्ध उजुरी दिएकी छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भन्यो, ‘पीडित युवतीलाई सोमबार राति नै उद्दार गरिएको हो । आरोपितलाई बिहान पक्राउ गरिएको हो ।’

प्रहरीले अहिले पीडित किशोरीको मेडिकल परीक्षणसहित आरोपितमाथि थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ११ : २६ बजे

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग