न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी « Khabarhub

न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारतले ४-१ को जित निकालेको छ। पाँच खेलको टी-२० सिरिजमा भारतले उपाधि उचालेको हो।

सिरिजको अन्तिम अर्थात् पाँचौ खेलमा शनिबार भारत न्युजिल्यान्डमाथि ४६ रनले विजयी भयो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २७१ रन बनाएको थियो।

भारतले दिएको २७२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ दशमलव ४ ओभरमा अलआउट हुँदा २२५ रन मात्र बनेको थियो।

भारतका लागि शानदार ब्याटिङ गर्दै ईशान किशनले ४३ बलमा १०३ रन बनाए। उनले ४२ बलमा कीर्तिमानी शतकसमेत न्युजिल्यान्डविरुद्ध बनाए। अन्तिम खेलमा भारतका कप्तान सूर्यकुमार यादवले ३० बलमा ६५ रन बनाए।

न्युजिल्यान्डका लागि फिन एलनले ३८ बलमा ८० रन बनाउँदा ईश सोढीले १५ बलमा ३३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

न्युजिल्यान्डलाई सस्तैमा समेट्न भारतका लागि आर्शदीप सिंहले पाँच विकेट लिँदा अक्षर पट्टेलले तीन विकेट हात पारे।
सिरिज अफ द प्लेयर भारतका सूर्यकुमार यादव बन्दा अन्तिम खेलको प्लेयर अफ द म्याचको उपाधि ईशान किशानले पाए।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ७ : ०५ बजे

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि