रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली « Khabarhub

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार बिहानै गोली चलेको घटनाले सनसनी मच्चाएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको जुहु क्षेत्रमा रहेको शेट्टीको निवासबाहिर अज्ञात आक्रमणकारीले चार राउन्ड गोली प्रहार गरेका हुन्।

मुम्बई प्रहरीले घटना आइतबार बिहान करिब ३ बजे भएको पुष्टि गरेको छ । गोली चलेलगत्तै शेट्टीको घर वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र क्षेत्रमा कडा निगरानी राखिएको छ ।

जुहु क्षेत्र बलिउडका थुप्रै ठूला सेलिब्रेटीहरूको बसोबास रहेको उच्च-सुरक्षा क्षेत्र मानिन्छ । यही क्षेत्रमा यस्तो घटना हुनु गम्भीर विषय भएको भन्दै प्रहरीले सीसीटीभी फुटेज, मोबाइल लोकेशन र अन्य प्राविधिक प्रमाणको आधारमा आक्रमणकारीको पहिचान गर्न अनुसन्धान तीव्र बनाएको छ । 

हालसम्म आक्रमणको उद्देश्य खुल्न सकेको छैन भने कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन ।

यो घटना हालै बलिउड सेलिब्रेटीहरू लक्षित गरी भएका गोलीकाण्डसँग जोडेर हेरिएको छ । यसअघि सन् २०२४ अप्रिल १४ मा अभिनेता सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टमा पनि गोली प्रहार गरिएको थियो, जसको जिम्मेवारी कुख्यात लरेन्स बिश्नोई ग्याङले लिएको थियो ।

त्यस्तै केही समयअघि भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माको क्यानडास्थित क्याप्स क्याफेमा पनि तीन पटक गोली प्रहार गरिएको थियो, जसको जिम्मेवारी पनि सोही गिरोहले लिएको थियो। लगातार भइरहेका यस्ता घटनाले बलिउड सेलिब्रेटीहरूको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । 

रोहित शेट्टी घटनामा कसको हात छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र चाँडै सत्य बाहिर आउने विश्वास मुम्बई प्रहरीले व्यक्त गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १२ : ४१ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३