पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल « Khabarhub

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी प्रचारमा हिँड्दा अछाममा बेहस भई उपचारको क्रममा रहेका पत्रकार दिनेश सिटौलाको आइतबार मृत्यु भएको छ ।

धापासीस्थित ग्रान्डी अस्पतालमा चिन्ताजनक अवस्थामै निधन भएका उनको अन्तिम श्रद्धाञ्जली कार्यक्रम रोकिएको छ। परिवारका सदस्यको आग्रहअनुसार अब उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ।

अछामबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत हुँदै शुक्रबार काठमाडौं ल्याइएका सिटौला उपचाररत अस्पताल ग्रान्डीले आइतबार मृत घोषणा गरेको थियो ।

अस्पतालका अनुसार ब्रेन ह्यामरेजका कारण उनको आइतबार १२ : ४५ मा मृत्यु भएको थियो । सिटौलाको पार्थिव शरीर ग्रान्डीबाट चलचित्र विकास बोर्डमा लगेर राखिने बताइए पनि अब पोस्टमार्टम हुने भएको छ।

शिक्षणमा पोस्टमार्टम गरेर मात्रै उनको शव चलचित्र विकास बोर्ड परिसरमा लगेर अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछन्। त्यसपछि मात्रै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लैजाने तयारी गरिएको छ।

शुक्रबार बिहान बेहोस भएका उनलाई त्यही दिन दिउँसो अछामबाट सुर्खेत हुँदै सेनाको स्काई ट्रकममा काठमाडौं ल्याएर ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।

४५ वर्षीय सिटौला पछिल्लो समय फिल्महरूका मिडिया संयोजकका रुपमा सक्रिय थिए । उनले एक सिने अनलाइन पनि सञ्चालन गर्दै आएका थिए ।

बालेन्द्र समूहमा निकट रहेर सक्रिय उनी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव प्रचारका लागि पश्चिम पुगेका थिए ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ४ : ०८ बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा