पीएसएल : सर्वाधिक विकेट लिनेको सूचिमा सन्दीप तेस्रो « Khabarhub

पीएसएल : सर्वाधिक विकेट लिनेको सूचिमा सन्दीप तेस्रो


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलान्दरबाट खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो प्रभाव कायम राखेका छन् । बिहीबार राति कराची किङ्सविरुद्धको खेलमा पनि उनले आफ्नो बलिङ कसिलो पार्दै सर्वाधिक विकेट लिनेमध्ये तेस्रो स्थानमा दर्ज भएका छन् । उनले लाहोरबाट खेलेका ४ खेलमा १० विकेट लिएका छन् ।

लाहोरको पहिलो रोजाईमा पर्दै आएका सन्दीपले कराचीविरुद्ध पनि धारीलो बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्दीपले १७ रन खर्चेर २ विकेट लिए। उनले कराचीका बाबर आजम र कोलिन मुन्रोको विकेट लिए । ११ रनमा खेलिरहेका बाबर आजमलाई बोल्ड आउट गरेका सन्दीपले मुन्रोलाई ह्यारिस राउफमार्फत क्याच गराएका थिए ।

कराचीविरुद्ध सन्दीपले उत्कृष्ट बलिङ गरेपनि उनको टोली लोहोर कलान्दर ५ विकेटले पराजित भएको छ । पीएसएलमा ४ खेल खेलेका सन्दीपले यसअघिको तेस्रो खेलमा उनको करियरकै उत्कृष्ट बलिङ गरेका थिए । क्वेटा ग्लाडियटर्सविरुद्ध ४ ओभर बलिङ गरेर १० रन दिएर ४ विकेट लिएका थिए ।

लाहोरका लागि सन्दीपको पहिलो खेलमा सन्दीप महंगा सावित भएका थिए । त्यसपछिका दुई खेलमा सन्दीपले लगातार कसिलो बलिङ गर्दै विपक्षी ब्याट्सम्यानमाथि हावी भइरहेका छन् ।

जुन खेलमा उनी ‘म्यान अफ दि म्याच’ समेत घोषित भए । सन्दीपले जारी खेलमा १६ ओभर बलिङ गर्दै ९३ रन खर्चेर १० विकेट लिँदै सर्वाधिक विकेट लिनेको सूचिमा शीर्ष तेस्रो स्थानमा छन् । सर्वाधिक विकेट लिनेमा लिगका ६ खेलमा १६ विकेट लिएका पेसावर जल्मीका खेलाडी हसन अलि अग्रभागमा छन् । लिगका ७ खेलमा ११ विकेट लिएका लाहोरका अर्का खेलाडी हसज राउफ दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १२ : ३८ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक