युवा संघले निर्वाचनका लागि देशभर परिचालन कमाण्ड बनाउने « Khabarhub

युवा संघले निर्वाचनका लागि देशभर परिचालन कमाण्ड बनाउने


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न निर्वाचनका लागि देशका सबै निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड बनाउने भएको छ ।  

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा संघले आफ्ना पार्टीका उम्मेदवारहरूलाई जिताउनका लागि संगठनका सबै सदस्यहरूलाई परिचालित गर्दै सबै निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड बनाउने जनाएको हो । 

पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष महाराज गुरुङले निर्वाचन परिचालन कमान्डहरूले प्रचारप्रसार रणनीति बनाउने, मतदातामा जागरण ल्याउने, मतदानका लागि भयरहीय वातावरण बनाउने र उम्मेदवारसहितको सुरक्षा प्रबन्ध गर्ने जानकारी दिए ।

त्यस्तै ६ हजार ७ सय ४३ वटै वडामा वडा कमाण्डर र १० हजार ९ सय ६७ वटै बुथमा बुथ कमाण्डर तोकिएको बताए ।

आम चुनावमा समृद्ध नेपालको सपना देख्ने, त्यसको पैरवी गर्ने र त्यसका लागि लागिपर्ने उम्मेदवाहरुलाई जिताउन प्रभावकारी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिने उनले बताए ।

नेपाली युवा आन्दोलनलाई नयाँ गति प्रदान गर्ने र अगामी निर्वाचनमा मुलुक बनाउने शक्तिलाई जनमतमार्फत अनुमोदन गराउने उद्देश्यसहित संगठनलाई अघि बढाइने अध्यक्ष गुरुङको भनाइ छ । 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ४ : ३८ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली