सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ « Khabarhub

सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाको कोलम्बोमा हुने छैटौँ दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने १० खेलाडीसहित १४ सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।

यही फेब्रुअरी ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीको आज बिदाइ गरिएको हो।  नेपाली टोलीमा पुरुष खेलाडीमा दिपेशजङ्ग थापा, रोशन तामाङ, रविन भट्टराई, राजन नेपाली र विकास कुमाल रहेका छन् । 

महिलामा सुमित्रा डङ्गोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा महर्जन र पायल शाही छन् । पुरुष-महिला दुवै टोलीले रेगु र क्वाड्रेन्ट स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

अफिसियलमा नेपाल सेपाकताक्रो सङ्घका अध्यक्ष नेत्रप्रसाद गुरुङ, टोली व्यवस्थापकमा अक्कलबहादुर तामाङ तथा प्रशिक्षकमा नरबहादुर थापा र श्यामबहादुर श्रेष्ठ रहेका छन् । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे। टोली बुधबार श्रीलंका जाने छ । 
 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ८ : ०८ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ