अनुदान कटौतीपछि ट्रम्पले मागे हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब डलर क्षतिपूर्ति « Khabarhub

अनुदान कटौतीपछि ट्रम्पले मागे हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब डलर क्षतिपूर्ति


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गर्ने घोषणा गरेका छन्।

यो विषय ट्रम्प प्रशासन र हार्वर्ड विश्वविद्यालयबीच जारी टकरावको एक हिस्साका रुपमा बाहिरिएको छ।

न्यूयोर्क टाइम्सले विश्वविद्यालयसँगको वार्ताका क्रममा ट्रम्प प्रशासन आफ्नो २०० मिलियन डलरको मागबाट पछि हट्नुपरेको रिपोर्ट गरेसँगै यो खबर बाहिरिएको हो ।

ट्रम्पले सोमबार राति ‘ट्रुथ सोशल’मा पोस्ट गर्दै उक्त रिपोर्ट उद्धृत गरेर हार्वर्ड विश्वविद्यालयले न्यूयोर्क टाइम्सलाई ‘धेरै बकवास सुनाइरहेको’ आरोप लगाए।

ट्रम्प प्रशासनका अधिकारीहरूले हार्वर्डले प्यालेस्टाइन समर्थक प्रदर्शनका क्रममा भएका यहुदीविरोधी घटनाहरू नियन्त्रण गर्न पर्याप्त कदम नचालेको आरोप लगाएका छन्। विश्वविद्यालयले यी आरोपहरू अस्वीकार गरेको छ।

गत वर्ष अप्रिलमा ट्रम्पले हार्वर्डलाई प्रदान गरिँदै आएको करिब दुई अर्ब डलरको अनुसन्धान अनुदान रद्द गरेका थिए । उनले त्सससँगै संघीय सरकारको अनुदानमा पनि लगाएका थिए।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  २ : ५१ बजे

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति

जापान– राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज यहाँ

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक ठगी

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगतिको प्रावधान हटाउन माग

काठमाडौं– हकप्रद सेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय

काठमाडौं ५ का मतदाताको प्रतिक्रियाले उत्साहित छु : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा मतदाताबाट

‘धुरन्धर-२’ टिजरमा रणवीर सिंहको एक्सन र थ्रिलको झलक

काठमाडौँ– बलिउड सुपरहिट फिल्म ‘धुरन्धर’ को बहुप्रतीक्षित सिक्वेल ‘धुरन्धर–२ : द