भरतपुरमा नयाँ औषधि उद्योग स्थापना गरिँदै « Khabarhub

भरतपुरमा नयाँ औषधि उद्योग स्थापना गरिँदै


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– देउराली–जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले उक्त परियोजनामा थप रु चार अर्ब ७५ करोड लगानी गर्ने भएको छ ।

फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार भरतपुर महानगरपालिका–१६ मा उद्योगको दोस्रो एकाइका लागि संरचनाको काम थालिएको छ ।

प्रारम्भिक काम अघि बढाइएको छ । थप संरचना निर्माणका लागि सरकारी निकायहरुसँग लिनुपर्ने अनुमतिको चरणमा रहेको छ । दुई वर्षभित्रमा निर्माणको काम सक्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । अबको दुई महिनामा मुख्य संरचनाको काम गर्ने उद्योगको योजना रहेको छ ।

यो एकाइ सम्पन्न भए पछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने उनको भनाइ छ । देउराली–जनता विगत ३५ वर्षदेखि अत्यावश्यक जीवनरक्षक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको नेपालकै अग्रणी औषधि उद्योग हो ।

हाल कम्पनीले ‘क्याप्सुल’, ‘ट्याब्लेट’, ‘लिक्विड’, ‘ओइन्टमेन्ट’, ‘ड्राइ पाउडर’ लगायत २९६ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।

अन्तर्राष्ट्रियस्तरका डब्लुएचओ जिएमपी, आइएसओ ९००१ र आइएसओ १४००१ प्रमाणपत्र प्राप्त यस उद्योगले औषधि आयातमा रहेको निर्भरता घटाउँदै मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा योगदान पुर्‍याइरहेकाे उनको भनाइ छ ।

चितवनमा नयाँ कारखाना स्थापना भएसँगै उत्पादन विविधीकरण, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधिको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास लिइएको कम्पनीले जनाएको छ । हाल उद्योग काठमाडौंको टोखामा रहेको छ । यो पहिलो एकाइ हो भने दोस्रो एकाइ भरतपुरमा सञ्चालन गर्न लागिएको हो ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ११ : ४७ बजे

सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको

जुटखेतीतर्फ किसानको आकर्षण

सुनसरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा

मकवानपुर दुर्घटनामा घाइते न्यायाधीश डाँगीसहित चार जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौँ – मकवानपुरको भीमफेदीमा सवारी दुर्घटनामा परी घाइते भएका उच्च

बीपी राजमार्ग चौडा पार्न डीपीआर तयार

काभ्रे– बीपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी सुरु

पोखरा – पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक विद्यावारिधि (पीएचडी) तहको पठनपाठन