इरान–अमेरिका वार्ताको तयारी टर्कीएमा, न्यूक्लियर मुद्दा केन्द्रमा « Khabarhub

इरान–अमेरिका वार्ताको तयारी टर्कीएमा, न्यूक्लियर मुद्दा केन्द्रमा


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरान र अमेरिकाबीच ‘निष्पक्ष र समान’ वार्ता अगाडि बढाउने तयारी टर्कीएमा तीव्र बनेको छ। इरानका राष्ट्रपति मासउद पेजेश्कियनले विदेशमन्त्रीलाई अमेरिकासँग कूटनीतिक संवाद अघि बढाउन निर्देशन दिएका छन्।

यसैबीच, क्षेत्रीय तनाव बढेको संकेत पनि देखिएको छ। अमेरिकी नौसेनाले आफ्नो विमानवाहक पोत नजिक उडेको एक इरानी ड्रोनमाथि आक्रमण गरेको जनाएको छ। त्यस्तै, इरानी क्रान्तिकारी गार्डका तीव्रगतिका डुङ्गाहरूले ‘स्ट्रेट अफ होर्मुज’मा अमेरिकी झण्डा बोकेको जहाजलाई रोक्ने प्रयास गरेका थिए।

अमेरिकी व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक उपायमा विश्वास गर्ने तर सफल वार्ताका लागि दुवै पक्ष तयार हुनुपर्ने बताए। अमेरिकी विशेष दूत स्टिभ विटकफ यसै साता टर्कीएमा इरानी अधिकारीसँग भेटवार्ता गर्ने तयारीमा रहेको जनाइएको छ।

इरानी राष्ट्रपति पेजेश्कियनको कदमलाई सर्वोच्च नेता आयतुल्लाह अली खमेनीको समर्थन रहेको संकेतका रूपमा हेरिएको छ। टर्कीएले वार्ता आयोजना गर्न पहल गरिरहेको छ भने ओमान, पाकिस्तान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्रीहरूलाई पनि सहभागी हुन आमन्त्रण गरिएको छ।

न्यूक्लियर मुद्दामा केन्द्रित वार्ता

आगामी वार्ता मुख्यतः इरानको न्यूक्लियर कार्यक्रमका विषयमा केन्द्रित रहने बताइएको छ।

इरानी सल्लाहकार एली शामखानीले ‘इरानले परमाणु हतियार कहिल्यै नचाहेको’ स्पष्ट पार्दै त्यसको बदलामा अन्य पक्षले पनि प्रतिवद्धता पूरा गर्नुपर्ने धारणा राखेका छन्।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १ : ०५ बजे

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना