उपराष्ट्रपति यादव भन्छन्- लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण  « Khabarhub

उपराष्ट्रपति यादव भन्छन्- लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण 


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण अवसर भएको बताएका छन् । 

आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाई समावेशितालाई सुदृढ गर्ने भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आग्रह समेत गरे ।

लोकतन्त्रलाई जीवन्त राख्न र समावेशितालाई बलियो बनाउन समेत निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । उपराष्ट्रपति यादवले निर्वाचनले नागरिकलाई राज्यको समान हिस्सेदारको रुपमा अनुभूत गराउने काम गर्ने धारणा राखे ।

उनले प्रत्येक नागरिकले आफ्नो पहिचानलाई सम्मानित र अधिकारलाई सुनिश्चित भएको अनुभूति गरे मात्रै समावेशी लोकतन्त्रको सार्थकता पुष्टि हुने उल्लेख गरे ।  

समतामूलक समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने काम यस्ता संवैधानिक आयोगको पनि भएको उनको भनाइ छ । 

कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगबाट सिफारिस १० प्रतिशतभन्दा बढी कार्यान्वयन हुन नसक्नु दुखद भएको बताए । 

सो अवसरमा आदिवासी जनजातिको हकहितमा योगदान पुराउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ३ : ४६ बजे

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी