दोलखामा तात्दै निर्वाचन माहौल : एक हजार सेना परिचाल « Khabarhub

दोलखामा तात्दै निर्वाचन माहौल : एक हजार सेना परिचाल


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

दोलखा– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी दोलखामा बुधबारदेखि नेपाली सेना परिचालन गरिएको छ ।

सरकारले निर्वाचनलाई पूर्णरूपमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने लक्ष्य राखेकाले निर्वाचनको एक महिना अगाडिदेखि नै सुरक्षाकर्मीहरू कार्यक्षेत्रमा खटाइएका हुन् ।

‍दोलखाको भौगोलिक विकटता र विगतका निर्वाचनमा देखिएका निर्वाचनका सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै गृह मन्त्रालयले यस क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले संवेदनशील सूचीमा राखेको छ ।

सोही संवेदनशीलतालाई मनन गर्दै करिब एक हजारको संख्यामा सैनिक जवानहरू परिचालन गरिएको जनाइएको छ ।

जिल्लाका विभिन्न रणनीतिक स्थानहरूमा आफ्नो उपस्थिति बलियो बनाउने सेना तथा सुरक्षाकर्मीहरूको योजना रहेको छ ।

निर्वाचन पूर्व नै ठुलो संख्यामा सुरक्षा फौज परिचालन हुनुको मुख्य उद्देश्य आम मतदातामा सुरक्षाको सुनिश्चितता प्रदान गर्नु रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।

सेनाको उपस्थितिले सम्भावित अवाञ्छित गतिविधिहरूलाई निरुत्साहित गर्ने र निर्वाचन प्रक्रियालाई विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

सुरक्षा निकायहरूले स्थानीय प्रशासनसँग समन्वय गरी मतदान केन्द्र र मतपेटिका ढुवानी मार्गहरूको सुरक्षालाई समेत उच्च प्राथमिकतामा राखेका छन् ।

५२ वटा मतदान स्थल अति संवेदनशील सुचीमा

यता दुई नगरपालिका र सात गाउँपालिकामा रहेका ९५ मध्ये ५२ वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ ।

विगतका निर्वाचनमा भएका हिंसात्मक घटना, बुथ कब्जा र भौगोलिक विकटताका कारण हुनसक्ने सुरक्षा संवेदनशीलतालाई अध्ययन गरेर ५२ मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको दोलखाका  प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।

उनका अनुसार २८ मतदान स्थललाई संवेदनशील र १५ मतदान स्थललाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ ।

विगतका निर्वाचनमा भएका घटना तथा निर्वाचन केन्द्रित नकारात्मक गतिविधिम रोक्न यस पटक  सिङ्गो जिल्लाको सुरक्षालाई मजबुत राखिने र विगतका घटना दोहोरिन नदिने बताए।

दोलखामा यस पटकको निर्वाचनमा कुल एकलाख ७० हजार ३० जना मतदाता रहेका छन्।एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दोलखामा १४ दलका उम्मेदवार सहित ३३ जनाले उम्मेदवारी दिएका छन् । मुख्यगरी दोलखाको निर्वाचनमा ५ दल बिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको हो ।

निर्वाचन आउन करिब ४ साता बाँकि रहँदा जिल्लाका उम्मेदवार अहिले मतदाता भेटघाट र घरदैलो अभियानमा केन्द्रित बनेका छन् । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : २२ बजे

रास्वपा महाधिवेशन : केन्द्रीय समितिमा निर्वाचन निश्चित, सचिवालय सदस्यका लागि अहिलेबाटै दौडधुप

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन यही असार ७

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको