प्रहरीले प्रदान गर्ने सेवा गुणस्तरीय बनाउन निर्देशन « Khabarhub

प्रहरीले प्रदान गर्ने सेवा गुणस्तरीय बनाउन निर्देशन


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने सेवा गुणस्तरीय बनाउन निर्देशन दिएका छन्।

इलाका प्रहरी कार्यालय, कोहलपुमा आयोजना भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, नवनिर्मित भवनको शुभारम्भ गर्दै उहाँले नागरिकको सेवा गर्ने भावनाका साथ अनुशासित भई व्यावसायिक र उच्च निष्ठाका साथ कार्य सम्पादन गर्न आग्रह गरेका हुन्।

महानिरीक्षक कार्कीले भने, ‘प्रहरी सेवा मात्रै होइन, यो एउटा जीवनशैली पनि हो । त्यसैले सत्य, निष्ठा, सेवाभाव र सुरक्षाको प्रत्याभूत गर्न जोस र जाँगर चाहिन्छ । नागरिकको सेवा र सुरक्षाका लागि राज्यका प्रतिनिधिका रुपमा गाउँगाउँमा प्रभावकारी काममा ध्यान दिनुस् ।”

उनले हिंसामा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सेवा दिँदा गोपनीयतालाई समेत कायम राख्नेगरी संयन्त्र निर्माण गरिने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलगायतले प्रहरीलाई जनमैत्री हुन सुझाव दिए।

उक्त भवन बेलायत सरकारको सहयोगमा दुई करोड १४ लाख ७३ हजार १०७ लगातमा निर्माण भएको हो ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ६ : १९ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३